५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर 

काठमाडौं  

५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका बाराको जितपुर-सिमरा उपमहानगरपालिका– ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जितपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो ।

टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो ५ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Scroll to Top