अख्तियारद्वारा नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिँदा रंगेहात समातिएका उनीहरुद्ध सोही बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

अख्तियारको कार्यालय, बुटवलबाट खटिएको टोलीले सर्वेक्षक बेचनप्रसादलाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

Scroll to Top