अनिता कोइरालाको उपन्यास ‘उज्यालो औंसी’ भोलि विमोचन हुँदै

भोलि असार २९ गते शनिबार भानु जयन्तीको अवसरमा साहित्यकार अनिता कोइरालाको उपन्यास “उज्यालो औंसी” विमोचन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

प्रज्ञा प्रतिष्ठान , कमलादीस्थित लेखनाथ हलमा दिउँसो १ बजे उक्त कार्यक्रम हुन लागेको बताइएको छ !

समिक्षा, निबन्ध , कथा, कवितामा समेत बलियो पकड भएकी अनिता कोइरालाको यो पहिलो औपन्यासिक कृति हो !

“उज्यालो औंसी”लाई शिखा बुक्सले बजारमा ल्याउन लागेको हो ।

Scroll to Top