अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् ।

शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् ।

१४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हाल भागवत वाचनमा चर्चा बटुलिरहेकी प्रतिभा पराजुली काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर १० मा जन्मिएकी हुन् ।

२३ वर्षीय देवी प्रतिभा भारतमा भागवत वाचन गर्ने महिलाहरुको तेस्रो नम्बरमा पर्ने दावी गरिएको छ ।

Scroll to Top