अन्तर्राष्ट्रिय जोरखाने खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरुले भाग लिने

काठमाडौं । अन्तर्राष्ट्रिय जोरखाने खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरुले भाग लिने भएका छन् ।
सान इन्टरनेशनल कलेजको सहयोगमा जान लागेको यही जुन १८ देखि २३ गतेसम्म इरानको इस्फाहनमा हुन गइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय जोरखाने खेल प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट ऋतुराज सापकोटा र मिलन राना मगरको संयोजकत्वमा अनन्त अर्याल, अनुज सिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगीले सहभागी जनाउने छन् ।


खेलाडीहरुले प्राप्त गरेको यस महत्वपूर्ण अवसरले प्राज्ञिक र अतिरिक्त गतिविधिहरुमा उत्कृष्टता प्रदान गर्न सधैं कटिबद्ध रहेको र देश भरका युवा खेलाडीहरुको सार्वांगीण पक्षको विकासलाई प्रोत्साहन गर्न सान इन्टरनेशनल कलेज सधै तत्पर रहेको सन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले बताएका छन् ।


सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरे आफ्नो उत्साह प्रकट गर्दै भन्नुभयो, अन्तर्राष्ट्रिय जोरखाने खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुप्रति अत्यन्त गर्व गर्दछौं । विश्व मञ्चमा आफ्नो प्रतिभालाई प्रदर्शन गरेर बहुमुल्य अनुभव प्राप्त गर्ने यो एउटा अद्भुत अवसर हो । हामी हाम्रो विद्यार्थीहरुको क्षमतालाई सम्पूर्ण रुपमा प्रस्फुटन गर्ने कुरामा विश्वास गछौं र खेलाडीहरुको सहभागिताले हाम्रो विद्यार्थीहरुको सम्पूर्ण पक्षको विकास गर्ने प्रतिवद्धातालाई प्रतिविम्बित गरेको छ ।

Scroll to Top