अर्जेन्टिनालाई १६औं पटक कोपा अमेरिकाको उपाधि

काठमाडौं । अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।

कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो । तर, फाइनलमा भने त्यो नियम लागु हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो ।

मार्टिनेजले ११२औं मिनेटम गोल गरे। यो नै खेलमा निर्णायक बन्यो ।

अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक कोपा अमेरिका जितेको छ। ब्राजिलले यो उपाधि नौ पटक जित्दा पाराग्वे र चिलीले दुई/दुई पटक जितेका छन् ।

Scroll to Top