असार ३१ देखि मनकामना केबलकार ५० दिन बन्द हुने

काठमाडौं । मनकामना केलबकार यही असार ३१ गतेदेखि बन्द गरिने भएको छ ।
केबलकारलाई पूर्णरुपमा डिजिटलाइजेसन गर्नका लागि मनकामना दर्शन प्रालिले ५० दिन बन्द गर्न लागेको जनाएको छ ।


अहिले एनालग प्रविधि अन्तर्गत डीसी करेन्टबाट सञ्चालन हुँदै आएको केबलकार अब डि कनेक्ट प्रविधिमा रुपान्तरण गर्न लागिएको छ ।
कम्पनीले सेवा सुरु गरेको २५ वर्षपछि पूर्णरुपमा डिजिटलाइजेसन गर्न लागेको छ ।
डि कनेक्ट प्रणाली जडान भएपछि केबलकार डिजिटल प्रविधिबाट चल्नुका साथै मेन मोटर एसी करेन्टबाट चल्नेछ भने पुरानो मोटर, कन्ट्र्ेल सिस्टम, प्यानल लगायत सबै प्रणाली परिवर्तन गरिने जनाएको छ ।

Scroll to Top