आँबुखैरेनी बस दुर्घटना : १४ को मृत्यु, १६ जना घाइतेलाई अस्पताल पठाइयो

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।

Scroll to Top