आजदेखि नागढुङ्गा – मुग्लिङ्ग सडक दुई साता बन्द हुने

काठमाडौं । नागढुंगा–मुग्लिङ सडक दुई साताका लागी रातिको समयमा बन्द हुने भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोलामा पुल निर्माणको काम हुने भएकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

आजदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त बाटो पूर्णरुपमा बन्द रहने छ । यद्यपि , आपतकालीन अवस्थाका लागि भने एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न सक्ने छन् ।

मंगलबार प्रेषित गरिएको विज्ञप्तिमार्फत नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वीखण्ड)ले यस अवधिमा वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर छहरे र टोखा सडक प्रयोग गर्न सकिने जनाएको छ ।

Scroll to Top