आज देशका यी स्थानमा हुने छ वर्षा, मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक

काठमाडौं ।  बिहिबार रातीदेखि काठमाडौंमा अविरल वर्षाले काठमाडौंको जनजीवनलाई प्रभावित भएको छ । उपत्यका भित्र रहेका नदीनालाहरुको बहाव बढ्ने क्रम जारी छ । अहिले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना रहेको छ। 

शुक्रबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश र  गण्डकी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

Scroll to Top