आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आज काठमाडौंसहित देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंसहित देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आइतबार राति देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Scroll to Top