आर्थिक वर्ष २०८०-८१ मा ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र

काठमाडौं । आर्थिक वर्ष २०८०-८१ मा ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ ।

आ.व.२०८१-८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो ।

यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलनः ९८.५ प्रतिशत रहेको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

Scroll to Top