एउटा जनप्रतिनिधि, जसले सबैलाई रुवाएर विदा लिए

काठमाडौं उपत्यकाको सम्पूर्ण पालिकाहरूमा आज शोक विदा

काठमाडौं । जन्मेपछी सबैले मर्नुपर्छ । तर , कुनै कुनै मानिसको विदाई घोर अवसादपूर्ण र पीडादायी हुन्छ ।

अहिले कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधनले कीर्तिपुर मात्र नभै सिङ्गै देश शोकाकुल छ !

२०२० सालमा जन्मिएका राजकुमार नकर्मी सादा जीवन तथा उच्च मानवीय गुणका लागि चिनिन्थे !

नेपालको विभिन्न राजनैतिक आन्दोलनहरूमा दृढतापूर्वक सहभागी भएर जनपक्षीय मुद्दामा सदैव अग्रणी भूमिका निर्वाह गरेका नकर्मी , सामाजिक योगदानका लागि समेत उत्तिकै परिचित थिए !

गत स्थानीय चुनावमा उनकै नेतृत्वको प्रभावमा नेपाली काङ्ग्रेसले कीर्तिपुरमा ९ ओटा वडा जित्न सफल भएको थियो !

लामो समय राजनीतिमा बिताएका नकर्मी , नेपाली काङ्ग्रेसको काठमाडौं जिल्ला समितिका उपसभापति समेत हुन् !

एक कुशल राजनीतिक संगठक र ईमानदार जनप्रतिनिधिका रुपमा नकर्मीले खेलेको भूमिका चीर स्मरणीय रहने उनका साथीभाई एवम् स्थानीय जनताको बुझाइ रहेको छ !

केही समय यता स्वास्थ्य सम्बन्धी समस्याले प्रताडित उनको उपचारको क्रममा बिहीबार राती निधन भएको थियो !

उनको श्रद्धाञ्जलिका लागि काठमाडौं उपत्यकाको मेयर्स फोरमले उपत्यकाका सम्पूर्ण पालिकाहरूमा आज शोक विदा दिएको छ ।

Scroll to Top