एकीकृत समाजवादीको पदाधिकारीमा कोको भए निर्वाचित ?

एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ।

महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई हराउँदै जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसीबाट धर्मनाथ साह निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् ।

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन् । 

आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन् ।

खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थि ए। बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।

बाँकी पदाधिकारी चयन हुन बाँकी थियो।

Scroll to Top