एपेक नेपालले राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै

साहित्यिक गतिविधिका दृष्टिले अग्रणी संस्था एपेक नेपालले यही श्रावण १२ गते “एपेक राष्ट्रिय कविता महोत्सव” आयोजना गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप , काठमाडौंमा यही आउँदो शनिबार सात प्रदेशका १४ कविहरूको सहभागितामा सो कार्यक्रम हुन लागेको हो । नेपाल एयरलाइन्सको सहकार्यमा आयोजनामा हुन लागेको उक्त महोत्सवमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्दै १४ युवा कविहरूले आफ्ना कविता वाचन गर्नेछन् ।

साथमा हुनेछन् अभिभावक कविहरू ! लेखक, प्रकाशक तथा सम्पादकहरूको समूह हो “एपेक” नेपाल ! २०५५ सालमा स्थापना गरिएको साहित्यिक संस्था एपेक नेपालको लामो इतिहास रहिआएको छ ।

लेखकहरूलाई प्रोत्साहन गर्न, तिनिहरूको कृति सम्पादन एवम् प्रकाशन गर्न र विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न र सबैको साझा साहित्यिक मञ्चको रुपमा विकास गर्न एपेक नेपाल स्थापना गरिएको संस्थाका अध्यक्ष तथा सुप्रसिद्ध कवि विश्वविमोहन श्रेष्ठले बताए !

‘एपेक राष्ट्रिय काव्य महोत्सव’ एक भिन्न साहित्यिक प्रस्तावना र नुतन साहित्यिक अभियानको रुपमा गर्न लागिएको र यसले ७ वटै प्रदेशको मौलिकता सहितको काव्यिक प्रतिबिम्ब प्रदर्शन गर्ने विश्वास लिएको कार्यक्रमका संयोजक तथा कवि, गीतकार समेत रहेका राजेन्द्र शलभले शोणितपुर खबरलाई जानकारी दिए !

Scroll to Top