एमालेमा अब एक व्यक्तिलाई एक जिम्मेवारी मात्र

काठमाडौं । नेकपा एमालेले नेताहरूलाई अब एक व्यक्तिलाई एक जिम्मेवारी मात्र दिने निति तय गरेको छ ।

गत वर्ष असारदेखि जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ ।

बुधबार बसेको सचिवालय बैठकले नयाँ जिम्मेवारीको आधार निर्माण गर्ने काम गरेको छ । सोहि अनुसार गृहकार्य गरेर अर्को बैठकले कार्यविभाजन गर्नेछ ।

अब कार्य विभाजन गर्दा नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने निर्णय आजको बैठकले गरेको हो । अब सरकारमा जानेहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने छ ।

Scroll to Top