एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार संयुक्त राजीनामा दिएका छन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । उनले प्रदेश सभाबाट विश्वासको मत लिने बताएका छन् । संविधान अनुसार उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  

Scroll to Top