ओलि सरकारमा : कांग्रेस गृहसहित ९ एमाले अर्थसहित ८ मन्त्रालय, साना दललाई ४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको नेतृत्वमा बन्ने सरकारमा साना दल पनि सहभागी हुने भएका छन् ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दै छन् भने सोमवार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

ओली नेतृत्वको सरकारमा साना दलहरूलाई पनि सहभागी हुनेछन । ओली सरकारमा जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई सरकारमा सामेल गर्नेबारे दुवै दलमा छलफल भइरहेको छ । साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सोहीअनुसार कांग्रेस एमालेबीच १७ मन्त्रालयको भागबण्डा गरी साना दललाई वटा मन्त्रालय राखेका छन् ।

Scroll to Top