ओली आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त हुँदै, दिउँसो शपथ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । 

ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् । 

Scroll to Top