कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । हाल नेपालभर साधारणतया बदली रहेको छ ।

मनसुन न्यून चापीय रेखा आज रातिदेखि अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

Scroll to Top