काङ्ग्रेस र एमालेको नयाँ गठबन्धन-केपि प्रधानमन्त्री

संसदिय दुई ठुला दल काङ्ग्रेस र एमालेबिच नयाँ गठबन्धन भएको छ ।

अप्रत्याशितरुपमा भएको काङ्ग्रेस र नेकपा एमालेबीचको सत्ता सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको हुने भएको छ ।

संविधान संशोधनको विषयलाई मुख्य मुद्दा बनाएर नयाँ गठबन्धन गरिएको हो ।

मुख्यत: निर्वाचन प्रणालीलाई सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमतिमा नयाँ सरकारको समीकरण बनेको बताइएको छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

Scroll to Top