काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेंगी

काठमाडौँ । ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगीको संक्रमण देखिएको छ ।  देशभर लगातार पानी परिरहेकाले डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद जानकारी दिए ।

उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेंगी देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा संक्रमण देखिएको डा दाहालले बताए । वर्षाका बेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको उनले उल्लेख गरे ।  

Scroll to Top