काठमाडौंको एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको सूचनाको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले कोटेश्वरको रामेछाप खाजाघर एण्ड गेष्टहाउसबाट उनीहरुलाई गए राति उद्धार गरेका हुन् ।
रामेछाप खाजाघर एण्ड गेष्टहाउसका सञ्चालक नवीन थापाले बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरुको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कोगेश्वरी मनोहराका एज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको मिश्रले जानकारी दिए ।

Scroll to Top