काठमाडौंसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

काठमाडौंसहित कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बाँकी भू–भागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ५ दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा ९२ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Scroll to Top