काठमाडौं शिक्षा क्याम्पसमा दुईदिने कार्यशाला गोष्ठी, कृषि मन्त्रीले गरे उट्घाटन

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं १० मा अवस्थित काठामाडौं शिक्षा क्याम्पसमा दुईदिने “शैक्षणिक योजना निर्माण, कार्यान्वयन र स्तरीय प्रश्नपत्र निर्माण तथा प्रयोग” विषयक कार्यशाला गोष्ठी”को आज कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले उट्घाटन गरेका छन् !

काठमाडौं शिक्षा क्याम्पसले आयोजना गरेको उक्त दुईदिने गोष्ठीको उट्घाटन कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले गरेका थिए भने प्रमुख अतिथिको रुपमा संघिय कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी रहेका थिए !

त्यस्तै , अन्य अतिथिहरूमा शिक्षासेवी हरिविनोद अधिकारी , वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेल , नेपाली काङ्ग्रेसका नगर समिति सभापति राजेन्द्र विक्रम बानियाँ लगाएत रहेका थिए !

उक्त कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री रामनाथ अधिकारीले प्रजातन्त्र स्थापनापछि शिक्षामा आएको परिवर्तन विकास र समग्र शैक्षिक आन्दोलनहरूमा आफुले खेलेको भूमिकाको सम्झना गर्नुभयो !

त्यस्तै शैक्षिक क्षेत्रमा काठमाडौं शिक्षा क्याम्पसले पुर्याइरहेको योगदानको प्रसंशा समेत गर्नुभयो । साथै , वडा नं १० मा रहेको ईट्टाभट्टाले चर्चेको जमिन मन्त्री परिषद मार्फत निर्णय गराई काठमाडौं शिक्षा क्याम्प विस्तार गर्न आफुले पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो !

त्यस्तै , कार्यक्रमका सभापति एवम् काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले प्रमुख अतिथि समक्ष कृषि र शिक्षालाई जोडेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण र उत्पादनमा विद्यार्थीहरूको सहभागिता हुनेगरी नीतिगत पहल गर्न आग्रह गर्दै यस्ता गोष्ठी र प्रशिक्षणका कार्यक्रमहरूलाई
आगामी दिनहरूमा थप व्यवस्थित गर्दै लाने योजना रहेको र त्यसमा चन्द्रागिरि नगरपालिकाले सहयोग गर्नुपर्ने बताए !

शिक्षण विधि र प्रणालीमा रहेका समस्याहरू साथै शैक्षिक योजनाहरूको व्यवहारिक प्रयोग र अभ्यास सम्बन्धी विषयमा केन्द्रित रहि सुरु गरिएको कार्यशाला गोष्ठीमा ४५ भन्दा बढी निजि तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

चन्द्रागिरि नगरपालिका अन्तर्गतको शिक्षा , युवा तथा खेलकुद शाखा सह – आयोजक रहेको उक्त कार्यक्रम दुईदिन संचालन हुनेछ !

Scroll to Top