काभा महिला भलिबल आजदेखि, उद्घाटन खेलमा नेपालले श्रीलङ्कासँग खेल्ने

काठमाडौं । आज काभा महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल नेपालले श्रीलङ्कासँग खेल्दै छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुरु हुने प्रतियोगिताको उद्घाटन खेल

नेपाल र श्रीलङ्काबीच दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ भने फाइनल खेल २३ गते बुधवार हुनेछ ।

Scroll to Top