कीर्तिपुरमा पाठेघर मुखको क्यान्सरसम्बन्धी हेल्थ चेकअप क्याम्प सुरु

काठमाडौं । कीर्तिपुरमा पाठेघर मुखको क्यान्सर तथा पाठेघर सम्बन्धी रोग र जेनरल हेल्थ चेकअप क्याम्प सुरु भएको छ ।
कीर्तिपुर ३, कुटिसास्थित श्रीपञ्चमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रांगण सुरु भएको छ ।
असार १ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सुरु हुने हेल्थ चेकअप क्याम्पमा स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागी रहेको सहकारी संस्थाका सदस्य रामेश्वर मानन्धरले बताए ।
श्रीपञ्चमी मानन्धर गुथिको आयोजनामा भएको हेल्थ चेकअप क्याम्पमा नवज्योति फर्टिलाईजर र जेनेरल हेल्थकेयरको प्राविधिक सहयोग रहेको छ ।

Scroll to Top