कीर्तिपुरमा पाठेघर मुखको क्यान्सर र जेनरल हेल्थ चेकअप क्याम्प सम्पन्न

काठमाडौं । कीर्तिपुरमा पाठेघर मुखको क्यान्सर तथा पाठेघर सम्बन्धी रोग र जेनरल हेल्थ चेकअप क्याम्प सम्पन्न भएको छ ।
कीर्तिपुर ३, कुटिसास्थित श्रीपञ्चमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रांगण मा भएको पाठेघर मुखको क्यान्सर तथा पाठेघरसम्बन्धी रोग र जेनरल हेल्थ चेकअप क्याम्पमा पाठेघर मुखको क्यान्सरको ८० जनाले जाँच गरेका थिए भने जनरल चेकजाँच ४५ जनाले गरेका थिए ।
असार १ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सुरु भएको हेल्थ चेकअप क्याम्पमा स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागी रहेको सहकारी संस्थाका सचिव रामेश्वर मानन्धरले बताए ।
डाक्टर रोजिना मानन्धर र डा. नविन रौनियारको सहयोग र श्रीपञ्चमी मानन्धर गुथिको आयोजनामा भएको हेल्थ चेकअप क्याम्पमा नवज्योति फर्टिलाईजर र जेनेरल हेल्थकेयरको प्राविधिक सहयोग रहेको श्रीपञ्चमी मानन्धर गुथि कीर्तिपुरका अध्यक्ष शिद्धिकुमार मानन्धरले जानकारी दिए ।

Scroll to Top