कीर्तिपुर नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु हुँदै

कीर्तिपुर नगरपालिकाले भोलिदेखि पुनः राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्ने भएको छ ।
भोलि १९ गतेदेखि कीर्तिपुरभित्र बसोबास गर्नेहरुका लागि राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न बाँकी रहेकाको लागि दर्ता सुचारु गर्न लागेको हो ।
असार १९ र २० गते कीर्तिपुर ६ देखि १० वडाभित्रका जेष्ठ नागरिकहरुलाई र असार २१ देखि २३ गतेसम्म १ देखि ५ वडाभित्रका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर दर्ता गरिने जनाइएको छ ।
असार २४ गतेदेखि भने कीर्तिपुरका सम्पूर्ण नगरवासीहरुले दर्ता गर्न पाउँनेछन् । राष्ट्रिय परिचय पत्र लिनको लागि प्रत्यक दिन ५० वटा विद्युतीय टोकन लिनुपर्ने छ ।

Scroll to Top