खड्कुले पुल देखि “जनपथ मार्ग” नामाकरण

काठमाडौं महानगरपालिका वडा नम्बर १४ ले खड्कुले पुल देखि कलंकी मालपोत कार्यालय सम्मको बल्खुखोला (इन्द्रमती) किनारको बाटोलाई जनपथ मार्ग नामाकरण गरेको छ । सो नामाकरण गरिएको पोल गाडेर वडा अध्यक्ष सुमन श्रेष्ठले हिजो एक कार्यक्रमकाबीच नामकरण उद्घाटन गरियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा रहेको सो क्षेत्रको नमुना विद्यालय जनपथ माध्यमिक विद्यालयको नाममा सो सडकको नामाकरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

जनपथ माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जित बहादुर लामिछानेले सडक नामाकरण विद्यालयको नामबाट हुनुले यसको गरीमालाई अझ बढाएको र विद्यालयले गरिरहेको प्रगति प्रतिको सम्मानको रुपमा पनि लिइएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवी, जनप्रतिनिधि, विद्यालयका शिक्षक, सुरक्षाकर्मी, विद्यार्थी र स्थानीय अग्रज व्यक्तिहरूको उपस्थिति थियो ।

Scroll to Top