खेलकुद मन्त्री रमा आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

काठमाडौं । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेको केन्द्रीय डोजोको निरीक्षण गरेकी हुन् ।

मन्त्री आलेले मंगलबार नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको निरीक्षण क्रममा खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै खेलकुदले कुनैपनि राष्ट्रको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्नुका साथै देशको अर्थतन्त्र माथि उकास्न पनि सहयोग पु-याउने धारणा व्यक्त गरिन् ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले क्योकुसिन करातेको इतिहास र उपलब्धी बारे प्रकाश पारेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धर, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा मन्त्री मगरले केन्द्रीय डोजोलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

Scroll to Top