ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूललाई इमर्जिङ्ग बास्केटबल टिमको उपाधी

काठमाडौ । १८ औँ ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूलले इमर्जिङ्ग बास्केटबल टिमको उपाधी हात पारेको छ ।
सो प्रतियोगितामा टोखा नगरपालिका अन्तर्गतका विभिन्न स्कुलहरूले सहभागिता जनाएका थिए ।

बास्केटबल प्रतियोगिताको सुरुवाति चरणमा रहेको ज्ञान संस्कार इन्टरनेशनल स्कूलका खेलाडीहरूले संस्कार सहितको खेल प्रस्तुत गरेका थिए । उनीहरू आफूलाई अब्बल सावित गर्न विभिन्न फरकफरक रणनीतिका साथ प्रस्तुत हुँदा पनि संयमित र व्यवस्थित देखिन्थे । उनीहरूको संयमिता र लगनशीलतालाई मध्यनजर गर्दै यो उपाधि दिइएको कुरा आयोजकहरु बताउँछन ।

ज्ञान संस्कार इन्टरनेशनल स्कूलका मुख्य प्रशिक्षक पूर्ण न्यौपानेले पत्रकारहरूसँगको छोटो भेटघाटमा यस उपाधिले खेलाडीहरूको खेलप्रतिको भावना विकास गरी आगामी खेलहरूमा अब्बल हुने मनोभावनाको विकासमा सहयोग पुग्ने कुरा बताउनु भयो ।

Scroll to Top