बुधबार राति १२ बजेदेखि लागु हुने गरी घट्यो ईन्धनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

पेट्रोलियम पदार्थको भाउ घटेका छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५७ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा त्यस्तै डिजेल र मट्टीतेलको भाउ १५८ रूपैयाँ पर्नेछ ।

Scroll to Top