घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ। डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाएको आयल निगमले जनाएको छ ।

Scroll to Top