चन्द्रागिरिको पानीघाटमा पेमा ठिन्ले रबग्येलिङ गुम्बा बन्दै

काठमाडौं ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित पानीघाटमा प्रदेश सरकारको सहयोगमा पेमा ठिन्ले रबग्येलिङ गुम्बा बन्दै ।
२०७६ सालमा बागमती प्रदेश सरकारको १० लाख रुपैयाँबाट सुरु गरिएको सो गुम्बा हाल निर्माणाधीन अवस्थामा नै रहेको छ ।
कुल ६ करोड रुपैयाँ लागतको गुरु योजनामा बन्न लागेको सो गुम्बा बागमती प्रदेश अन्तर्गत काठमाडौं क्षेत्र १० ख बाट प्रत्यक्ष निर्वाचित सांसद रमा आले मगरको पहलमा आ.ब. २०८०।०८१ मा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको समितिका अध्यक्ष निरबहादुर श्रेष्ठले बताए ।
शान्त वातावरण, रमणीय दृश्य र प्राकृतिक रुपमा हरियालीयुक्त चन्द्रागिरि डाँडाको फेदीमा बन्न लागेको गुम्बा लगभग २० रोपनी क्षेत्रफलमा विस्तारित गर्ने योजना रहेको समितिका अध्यक्ष नीर बहादुर श्रेष्ठले बताए ।


एकान्त , शान्त वातावरण भएको कारणले यस क्षेत्रमा ध्यान, योग गर्न उपयुक्त भएको हुँदा यस क्षेत्रलाई रोजेको सांसद् रमा आले मगरले बताउनु भयो ।
धार्मिक, सांस्कृतिकरुपले अति नै महत्व बोकेको यस चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित पानीघाटमा गुम्बा बनाउन पाउँदा आफू ज्यादै हर्षित भएको र अहिले ५० लाख रुपैया बिनियोजन भएको रकम र १ करोड रुपैयाँ थपेर १ करोड ५० लाख रुपैयाँले यसै साल गुम्बाको काम अघि बढाउने सांसद् आले मगरले बताउनु भयो ।
हरेक समुदायको आ-आफ्नै धर्म संस्कृति रहने गरेको र विविध संस्कृतिहरुमध्ये तामाङ समुदायले तान्त्रिक विधिबाट आफ्नो संस्कार संचालन गर्ने , योग , साधना र आस्था अनुष्ठान गर्ने थलो गुम्बा हुने हुँदा गुम्बाको महत्त्व विशेष रहने गरेको उहाँले बताउनु भयो !


पानीघाट क्षेत्रमा तामाङ समुदायको ठूलो बस्ती भएको र यस क्षेत्रमा गुम्बा बनाउन सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको साम्सद रमा आले मगरले दोहोर्‍याउनु भयो !
गौतमबुद्धको प्रतिमा स्थापना गरिसकिएको तथा २०७६ साल देखि नै अस्थायी रुपमा गुम्बामा पूजा आजा गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो।
निर्माणाधीन गुम्बाको दीर्घकालीन व्यवस्थापन , संचालन , संरक्षण र प्रबर्द्धनमा गम्भिरतापूर्वक समितिका सबै पदाधिकारीहरु खटिइरहेको समितिका अध्यक्ष्य नीर बहादुर श्रेष्ठले शोणितपुरलाई बताउनु भयो !


ऐतिहासिक चन्द्रागिरि डाँडामुनी रहेको पानीघाटमा यस्तो गुम्बा बनाउँदा त्यस ठाउँको विकास हुनुका साथै पर्यापर्यटनको क्षेत्रमा थप टेवा पुग्ने सांसद आले मगरले बताउनु भयो !
हाल सो गुम्बाको निर्माण कार्य प्राम्भिक गुरुयोजना अनुसार अगाडि बढीरहेको देखिन्छ !

Scroll to Top