चन्द्रागिरिमा बाणासुर गुफाको उत्खनन कार्य शुरु

को थिए बाणासुर !
हिन्दू पौराणिक कथाका अनुसार बाणासुर महाबलीका छोरा थिए। किंवदन्ती अनुसार बाणासुर एक महान असुर राजा र भगवान शिवका भक्त थिए। उनी आफ्नो शक्ति, पराक्रम र हजार हातहतियारका लागि परिचित थिए। बाणासुरले शोणितपुर ९वर्तमान थानकोट० सहरमा शासन गरेका थिए।


बाणासुरकी छोरी सुन्दरी छोरी थिएन् उषा । एक दिन बाणासुरकी छोरी उषाले सपनामा एकजना सुन्दर युवकलाई देखिन् र उनीसँग प्रेम परिन् । उषाले गरेको वर्णनका आधारमा उनकी साथी चित्रलेखाले उनले सपनामा देखेको युवकको स्केच बनाइन् । ति युवक त भगवान् कृष्णको नाती अनिरुद्र रहर्छन् । भनिन्छ उषाले आफ्नो योगबलले अनिरुद्रलाई कृष्णको दरबारबाट अपहरण गरी शोणितपुर ल्याइन् ।


उषा र अनिरुद्ध प्रेममा परे । जब बाणासुरले उनीहरुको सम्बन्ध थाहा पाए तब उनले अनिरुद्रलाई कैद गरे। यहि निउँमा बाणासुर र भगवान कृष्णको बीचमा ठूलो युद्धको भयो, जसमा कृष्णले अन्ततः बाणासुरलाई पराजित गरे र अनिरुद्रलाई मुक्त गरे। अनिरुद्र र उषाको विहे गरिदिए।

शोणितपुर
थानकोट क्षेत्रको पौराणिक हो शोणितपुर । शिवको बरदानबाट अजेय बनेका बाणासुरले सुनै सुनको दरबार बनाएका थिए । स्वर्ण जडित दरबारकै कारण यसलाई शोणितपुर भनिएको मानिन्छ । अर्को किम्बदन्ती अनुसार श्रीकृष्ण र बाणासुरको युद्धले रगाताकम्य भएकोले रगतको शहरका रुपमा शोणितपुर भन्न थालिएको मानिन्छ ।

बाणासुरको गुफा
बाणासुरको दरबार रहेको बाणस्थली भन्दा केही माथि बाणासुरको गुफा थियो । किम्बदन्ती अनुसार बाणासुरको छोरी उषाको दरबार फर्पिङ्मा थियो । बाणासुर यही गुफा भएर छोरीलाई भेट्न फर्पिङ् सम्म जाने गरेको कथा छ । यो गुफा थानकोटबाट फर्पिङ् सम्मको पुगेको मान्यता छ । आजभन्दा ४०र५० अघिसम्म पनि गुफाको केही खण्डमा पुगेको स्थानियहरू बताउँछन् । अहिले गुफा पुरिएको छ । यसै गुफालाई उत्खनन् गर्न स्थानिय सरकारले १० लाख बजेट बिनियोजन गरी उत्खनन्‌को कार्य शुरु भएको हो ।

Scroll to Top