चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिप प्रज्वलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको दोश्रो वर्ष यो साता विविध कार्यक्रम गरी मनाइँदैछ।
रष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दोश्रो वर्ष पुगेको अवसरमा सो पार्टीको चन्द्रागिरि नगरपालिका कमिटीको आयोजनामा आज दिप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ स्थित नैकाप फुटबल ग्राउण्डमाथि मनिदर चोकमा आज बेलुकी ७ बजे, ७७ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ भने ७७ पटक घण्टी ध्वनीको आयोजना तथा शुभकामना दिने कार्यक्रम रहेको नगर सचिव मधुकर बस्नेतले शोणितपुर खबरलाई बताए ।

जिल्ला सभापति प्रदिप विष्टको सहभागिता रहने कार्यक्रममा नगरसमिति, वडा समिति र शुभचिन्तक समर्थकहरुको सहभागी रहनेछ ।

Scroll to Top