चन्द्रागिरिमा ७ दिने ग्रासरुट फुटबल ट्रेनिङ सुरु

काठमाडौं । विज्डम एकेड‌मी चन्द्रागिरि तथा हुम्ला फुटबल एकेडमीको संयुक्त आयोजनमा चन्द्रागिरि – ५ किसिपिडीमा अवस्थित सनसाईन स्कुलको प्राङ्गणमा ग्रासरूट फुटबल ट्रेनिङको आज बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रमा आलेमगरद्वारा उद्घाटन गरिएको छ ।

७ दिनसम्म चल्ने उक्त ट्रेनिङ उट्घाटन कार्यक्रममा “अखिल नेपाल फुटबल संघ ग्रासरुट विभाग” प्रमुख पंकज शाही , “हिमालय प्रेस मिडिया”का देवीलाल रावल , “मेरोनी रगतमा फुटबल छ” संस्थाका योमन चोचे , सनसाईन स्कुलका प्रधानाध्यापक अनिक महर्जन , उप – प्रधानाध्यापक विकास महर्जन , “हुम्ला फुटबल एकेडेमी”का अध्यक्ष विष्णु रावल , सोही संस्थाका उपाध्यक्ष प्रिती बहादुर रावल , “कोच” विशाल रावल लगायतको उपस्थिति रहेको थियो ।

उट्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले यस प्रकारको खेलकुद गतिविधि र कृयाकलापबाट खेलाडीहरूको खेल स्तरमा वृद्धि हुने साथै , नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने बताइन् !

त्यस्तै , एन्फा ग्रासरूट प्रमुख पंकज शाहीले आफ्नो मन्तव्य राख्दै यस्ता स्थानीय खेलकुद आयोजनाले खेलकुद क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने धारणा राखेका थिए !

हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावल र विज्डम एकेडेमी चन्द्रागिरिका अध्यक्ष विजय राज गिरीले हुम्ला र चन्द्रागिरिको सहकार्यमा हुन लागेको यस कार्यक्रमले खेलाडीहरूबिच आपसी भावना र खेलकुद क्षेत्रको विकासमा सौहार्द सन्देश जाने बताए !

Scroll to Top