चन्द्रागिरिले आज आर्थिक विधेयक सम्बन्धी छलफल गर्दै

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने , स्थानीय तहको बजेट ल्याईसक्नुपर्ने र आर्थिक वर्षको भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले साथै संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरिसकेको अवस्थामा स्थानिय तहहरू वार्षिक नीति बनाउन हतारिएका छन् ।

सोहि अनुसार काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो भुगोलमा फैलिएको चन्द्रगिरि नगरपालिकाले भर्खरै संशोधनसहित नीति तथा कार्यक्रम पारित गरेको छ भने आज असार ७ गते आर्थिक विधेयक सम्बन्धी विषयमा छलफल थालेको छ ।

चनन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले आर्थिक विधेयक , वार्षिक बजेट तथा कार्यक्रम छलफलका लागि पेश गरेकी छिन् । सम्भवत: आर्थिक विधेयक आजै पारित हुनेछ ।

Scroll to Top