१५ वडालाई चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगितामा आज भएको फाइनल खेलमा १५ नम्बर वडाले उपाधि जितेको छ ।

जेसीआइ थानकोटको आयोजनामा भएको चन्द्रागिरि अन्तर वडा कप फुटसल प्रतियोगितामा वडा नं १५ ले वडा नं ४ लाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । उपाधिसँगै ७५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ ।
उपविजेता वडा नं ४ ले ३५ हजार नगद नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ ।
यस अघि भएको पहिलो सेमिफाइनल खेलमा वडा नं १५ ले वडा नं १० लाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो ।
दोस्रो सेमीफाइनल खेलमा वडा नं ४ ले वडा नं ८ लाई २-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।
चन्द्रागिरि नगरपालिकाको १४ वटा वडाबाट २० टिमले प्रतियोगितामा भाग लिएका थिए ।

Scroll to Top