चन्द्रागिरि–चित्लाङ सडकसहित देशभर ३६ सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।

यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ ।
यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

Scroll to Top