चन्द्रागिरि नगरपालिकामा आसार १५ गते भित्र भुक्तानी लिनसक्नु पर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले असार १५ सम्म मात्र भुक्तानी दिने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्षको हिसाव किताव मिलाउनुपर्ने भन्दै आर्थिक वर्ष २०८०।०८१को सम्पूर्ण कारोबारको भुक्तानी यही असार १५ गतेसम्म लिईसक्नुपर्ने बताएको छ ।
तोकिएको समयभित्र रितपूर्वक निकासा भुक्तानीको लागि कार्यालयमा पेश हुन नसकी आर्थिक प्रशासन शाखामा दर्ता नभएका कारण भुक्तानी हुन नसकेकमा सरोकारवाला सम्बन्धित व्यक्ति वा संस्था नै जिम्मेवार हुने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले एक सूचना माफर्त जानकारी गराएका छन् ।

Scroll to Top