चन्द्रागिरि नगरपालिका वडा नं ४ टेकानपुरमा अविरल वर्षाका कारण दुई घर जोखिममा

चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित टेकानपुर बलामी गाउँमा रहेको दुई घर अविरल बर्षाका कारण जोखिममा परेको छ ।

पुष्प बलामीको घरमुनिको पर्खाल पहिरोले भत्काएको र ठाउँ ठाउँमा घर समेत चिरा परेको छ ।

त्यस्तै , पुष्प बलामीको घरमुनी रहेको पञ्चमाया बलामीको घरमा कुनैपनी बेला माथिको घर तथा पर्खाल भत्किएर धनजनको क्षति हुनसक्ने देखिएको छ ।

सो सम्बन्धमा चन्द्रागिरि नगर अन्तर्गत रहेको विपद् व्यवस्थापन समिति र वडा नं ४ को कार्यालयलाई जानकारी दिइसकेको साथै , चन्द्रागिरि नगरपालिका विपद् व्यवस्थापन समिति संयोजक संजय सिग्देलले स्थलगत निरीक्षण समेत गरिसकेको पीडित पुष्प बलामीले जानकारी दिएका छन् !

Scroll to Top