चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिद्वारा शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले आज शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं १० ख, अन्तर्गत प्रत्यक्ष दुई कार्यकाल निर्वाचित हुन सफल भएकी बागमती प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्री हुन सफल भएकोमा “चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समिति”ले आज एक कार्यक्रम गरि शुभकामना तथा बधाई दिएको छ ।

स्थानिय बुद्दिजिवी तथा संस्थाका पदाधिकारीहरुको सहभागितामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य द्वय बिन्दु श्रेष्ठ र यमुनादेवी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु सानुकाजी खड्गी , चन्द्र बहादुर गोपाली , बिष्णु प्रसाद श्रेष्ठ , तिर्थ बहादुर लामा लगायतले समेत शुभकामना दिएका थिए !

विशेष अतिथिकोरुपमा शुभकामना मन्तव्य राख्ने क्रममा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले भालेश्वर महादेवको महिमा र महत्व चन्द्रागिरि क्षेत्रका निम्ति विशेष रहेको र यसको संरक्षणका लागि संस्थागतरुपमा लागिरहेको भालेश्वर मन्दिर संरक्षण समितिको उद्देश्य र कृयाशिलताको प्रशंसा गरिन् । साथै , मौलिक भालेश्वर मन्दिर व्यवस्थित गर्न आफुले सक्दो सहयोग गर्ने बताइन् ।

त्यस्तै विशेष अतिथि बागमती प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठले चन्द्रागिरि नगरपालिका साँस्कृतिक , धार्मिक दृष्टिबाट अत्यन्त वैभवशाली रहेको र यस क्षेत्रमा रहेका धार्मिक , पर्यटकीय स्थानहरुको प्रचार , प्रसार गरि अहिलेको नयाँ परिस्थितिमा त्यस्ता सम्पदाहरुको संरक्षणमा सबै सरोकारवालाहरुले ध्यान पुर्याउनुपर्नेमा जोड दिइन् ।

थानकोटमा रहेको त्रिभुवन पार्कको उदाहरण दिँदै पछिल्लो समय सार्वजनिक महत्त्वका सम्पत्तिमाथि सबैतिरबाट आक्रमण हुन थालेको र व्यापारिक मनोवृति मौलाउँदै गएको हुनाले जनप्रतिनिधिहरुले यस्ता विषयमा नीतिगत व्यवस्था मार्फत निकास निकाल्न पहल गर्नुपर्ने बताइन् । त्रिभुवन पार्कको दीर्घकालीन व्यवस्थापन सन्चालनको विषयमा स्थानीय समुदायको स्वामित्व स्थापित हुनेगरी आफुले नेतृत्व लिइरहेको साथै भालेश्वर मन्दिरको विषयमा पनि स्थानीय सरोकारवालाहरुकै स्वामित्व र अधिकार स्थापित हुनुपर्ने बताइन् । आवश्यकता अनुसार भालेश्वर मन्दिर समितिलाई जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको समेत बताइन् !

प्रमुख अतिथिकोरुपमा रहेकी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले आफू सुरुदेखि नै भालेश्वर मन्दिर संरक्षण समितिको हरेक गतिविधि र कार्यक्रममा साथै रहेको र आगामी दिनहरुमा पनि साथै रहने बताइन् ।

नगरपालिकाको दलिय प्रतिनिधिदेखि बागमती सभा सदस्य र हाल प्रदेश सरकारको मन्त्री हुँदासम्म आफुले यस क्षेत्रको समग्र विकास र स्थानीय जनताको भावना अनुरुप कार्य गर्दै आइरहेको आगामी दिनहरुमा पनि जनताको आवश्यकता र यस क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता हुने बताइन् । साथै , भालेश्वर मन्दिर सम्बन्धी चन्द्रागिरि हिल्स र भालेश्वर मन्दिर संरक्षण समितिबिचको विवाद लामो समय रहिरहन नहुने , भालेश्वर मन्दिर स्थानियहरुकै मातहत हुनुपर्ने बताइन् ।

त्यस्तै , भालेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बलामीले बागमती प्रदेश सदस्य बिन्दु श्रेष्ठ , यमुनादेवी श्रेष्ठ , युवा तथा खेलकुद मन्त्री रमा आलेमगरलाई संस्थाको तर्फबाट शुभकामना र बधाई दिएका थिए !

कार्यक्रममा बोल्दै बलामीले भालेश्वर मन्दिर सम्बन्धी विषयमा चन्द्रागिरि हिल्सले मिथ्या प्रचारबाजी गरिरहेको , सनातनदेखि यहाँका स्थानीयहरुले पुज्दै आइरहेको भालेश्वर मन्दिरलाई कम्पनीकरण गरेको , इतिहास बङ्ग्याएको , स्थानिय स्वायत्त शासन प्रतिकुल कार्य गरेको , स्थानिय समुदायको धार्मिक आस्था र स्वतन्त्रतामाथी व्यापार गरेको , स्थानीयहरुको हकमा अनिवार्य हिल्सले दिनुपर्ने सेवा सुविधा नदिएको र स्थानिय गुण्डा , प्रशासन र जनप्रतिनिधिहरुलाई हातमा लिएर स्थानीय जनताको सार्वभौम अधिकार मास्न खोजेको आरोप लगाए !

भालेश्वर मन्दिरमाथिको समुदायको हक स्थापित गर्न आफुहरुले २०७३ सालदेखि नै संस्थागत पहल गरिरहेको र स्थानीय सम्पत्ती स्थानियस्तरमै हस्तान्तरण नगरिएसम्म जुनसुकै संघर्ष गर्न आफुहरु तयार रहेको चेतावनी समेत दिएका थिए !

Scroll to Top