चन्द्रागिरि साहित्य समाजले मनायो भानु जयन्ती

२११ औं भानु जयन्तीको अवसरमा चन्द्रागिरि साहित्य समाजले आज कार्यक्रम गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित अग्रसर पुस्तकालय भवनमा आयोजना गरिएको सो कार्यक्रममा समाजका पदाधिकारीहरूको उपस्थिति रहेको कवि तथा गजलकार कृष्ण पराजुलीले बताए !

२०६८ सालदेखि चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने साहित्यिक व्यक्तित्वहरुको सहभागितामा संचालन गरिएको “शनिबारीय कवि गोष्ठी “बाट थालिएको साहित्यिक गतिविधिको परिणाम स्वरुप “चन्द्रागिरि साहित्य समाज”को
जन्म भएको र उक्त संस्थाले नियमितरुपमा चन्द्रागिरि नगरमा विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आइरहेको संस्थाका अध्यक्ष भीमनारायण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा भानुको तस्बिरमा पुष्प गुच्छा अर्पित गरिनुका साथै चन्द्रागिरिको पछिल्लो साहित्यिक अवस्थाबारे अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाका सदस्य तारावदन श्रेष्ठले भानुद्वारा सिर्जना गरिएको निम्न लिखित रचना वाचन गरेकी थिइन् –

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति”

Scroll to Top