चन्द्रागिरि हिल्सबाट आएको ढलले टेकानपुर गाउँ र त्रिभुवन पार्क जोखिममा !

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ टेकानपुरस्थित ऐतिहासिक महाँलक्ष्मी चौरमा हिजोदेखी परिरहेको भीषण वर्षाका कारण चौरमा क्षति पुगेको छ भने हिम पाईप बगाएको छ ।

चन्द्रागिरि हिल्स स्थापनाको क्रममा केबलकारको ढल निकाश गर्न उक्त चौरमा हिम पाईप बिछ्याइएको तर, पटकपटक पछिल्लो समस्याकाबारे हिल्सलाई मर्मत गर्न अनुरोध गर्दा पनि वास्ता नगरेको स्थानीयले बताएका छन् !

उक्त समस्याका कारण बर्सेनि टेकानपुर गाउँ र त्रिभुवन पार्क जोखिममा पर्दै आएको छ ।

Scroll to Top