चन्द्रागिरि ७ मा बनदेवी सामुदायिक भवन बन्दै

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित पुरानो बनदेवी स्कुलमा रहेको स्कुल भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरिएको छ ।


प्रदेश सरकारले पहिला ५० लाख र अहिले आ.ब. २०८०।०८१ को लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यही बिनियोजित रकमबाट हाल त्यस ठाउँमा बनदेवी सामुदायिक भवन बन्दै छ ।

प्रदेश सरकार अन्तर्गत बागमती प्रदेश नं. १० ख अन्तर्गत पर्ने सो ठाउँमा सभासद् रमा आले मगरको प्रत्यक्ष निगरानीमा र उनको पहलमा परेको २५ लाख रुपैयाँले सो भवन निर्माण हुन गइरहेको समितिका अध्यक्ष बालाजी खातीले शोणितपुरलाई जानकारी दिए ।


बनदेवी सामुदायिक भवन निर्माण गर्न शहरी विकास तथा भवन कार्यालय बागमती प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बिनियोजन भएको छ भने उपभोक्ता समितिबाट २ लाख ६७ हजार ८ सय ८० रुपैयाँ हाल्नुपर्ने छ ।


हाल आएर चन्द्रागिरि नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन नभएको हुँदा चन्द्रागिरि नगरपालिका वडा नं. ७, घुमाउने, बनदेवी स्कुलमा बनाउन उपयुक्त हुने स्थानीयवासीहरु बताउँछन् । यसतर्फ सम्बन्धित निकायको ध्यान चाडो जाओस् ।

Scroll to Top