चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगायो : खोजी गर्दै प्रहरी

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालका अनुसार आज बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो ।

विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्रारम्भिक जानकारीअनुसार  ती बसमा गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जनासहित ६३ जना रहेको अनुमान छ ।

Scroll to Top