चित्लाङ्गमा कार्तिक नाच स्वच्छन्द भैरव जात्रा सुरु

परापूर्वकालदेखि प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको दिन सुरु गरि लगातार तीन दिनसम्म परम्परागत रूपमा मनाउदै आएको गणेश , भैरव बाराही कुमारी ,महालक्ष्मी देवी नाच तथा लाखे,ख्याक,कवे बाथ ,बनिया,शिकारी ,सल, महादेव नाचका साथै यसवर्ष कृष्ण लीलामा आधारित ऐतिहासिक डबली नाच प्रदर्शन गरिएको छ ।

सांस्कृतिकरुपमा सम्पन्न प्राचीनकालमा चित्रापुरको नामबाट समेत प्रशिद्द चित्लाङ्गमा कार्तिक नाच हिजो कोजाग्रत पुर्णिमाको दिनदेखि सुरु गरिएको छ । सो नाच , तीन दिनसम्म धुमधामकासाथ मनाउने प्रचलन रहिआएको स्थानीय राजन बलामीले बताउनु भयाे ।

Scroll to Top