चुन्देवी सहकारीले स्वास्थ्य चेकजाँच सम्बन्धी शिविर गर्दै

चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित चुन्देवी सहकारी संस्थाले यहि श्रावण १२ गते शनिबार विभिन्न स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्न लागेको छ !

थानकोट , गोदाम चोकमा रहेको (ANBR) मिराकल हेल्थ केयरको प्राङ्गणमा हुन लागेको उक्त स्वास्थ्य शिविरमा विशेषत: मुटु , कलेजो , किड्नी , थाईराइड , सुगर लगायतको चेकजाँच गरिने भएको हो ।

सो स्वास्थ्य शिविरमा सहभागी हुन चाहने सेवाग्राहीहरूले श्रावण १२ गते शनिबार बिहान : ७ बजेदेखि नाम दर्ता गर्न सक्ने र सेवा शुल्क रु, ५०० रुपैयाँ कायम गरिएको चुन्देवी सहकारी संस्थाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए !

Scroll to Top